अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

नेकपा एमालेको दशौं महाधिवेशन शुरु, आगामी चुनाबबाट पार्टी पहिलो हुन्छ– अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५१ मा प्रकाशित

नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सुरु भएको छ । आज दशौं हजार नेता कार्यकर्ताका बीचमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो । महाधिवेशनमा देशभरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र, राप्रपा , जनमोर्चा लगाएत दलका पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

महाधिवेशन उद्घाटन शत्रलाइ सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाबबाट आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अध्यक्ष ओलीले हजारौ जनयुद्धका लडाकुहरू अब एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो । सबैको सहयोगमा आगामी चुनाबमा पहिलो पार्टी बन्ने र बाँकी रहेका बिकास निर्माणका काम पनि सम्पन्न गर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले आफु सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त पनि सुनाउनुभएको थियो । देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको भन्दै उहाँले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने पनि बताउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले बर्तमान सरकारको आलोचना भने खासै गर्नुभएन ।

प्रधानमन्त्री देउवालाइ कार्यक्रममा निम्तो गरेर सरकारको टिप्पणी गर्नु शोभनिय नहुने बताउनुभएका अध्यक्ष ओलीले सरकारले चाहेर पनि काम गर्न नसकेको हुन पनि सक्ने बताउनुभयो । महाधिवेशन सफल भएको दाबी गर्दै अध्यक्ष ओलीले देशभरबाट सहभागि भएको र सघाएकोमा नेता कार्यकर्तालाइ धन्यवाद दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू