अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक– प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताउनुभएको छ । आज एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताउनुभयो ।

देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधान मार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि धारणा राख्नुभयो ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताउनुभयो । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू