अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

सोमालियामा कार बम बिस्फोट, ८ जनाको मृत्यु, १७ घाइते

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ७:०७ मा प्रकाशित

अफ्रिकन मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।विद्रोही समूह अल सबाबले सोमालियाको राजधानी मोगादिशुमा अमेरिकन मिसन टोलीलाई लक्षित गरी गराएको कार बम विस्फोटमा मारिनेमा विद्यार्थीहरु पनि रहेका छन् ।

मोगादिशुको एक विद्यालयबाट अघि बढेको मिशन टोलीलको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा ८ विद्यार्थी मारिएका हुन् । विस्फोटका कारण विद्यालय परिसरमा राखिएका सवारीसाधन नष्ट हुनुका साथै विद्यालयमा पनि क्षति पुगेको छ ।घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू