अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

जसपामा सांसद यादवलाई पार्टीको कारबाही, केन्द्रीय सदस्यबाट हटाइयो

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ७:०१ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । उहाँलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ । मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए ।

पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले भने आरोप अस्वीकार गर्नुभएको छ । जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । अब उहाँ पार्टीको साधारण सदस्य मात्र रहनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू