अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

गरिबी अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी -अध्यक्ष भट्टराई

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ६:५३ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबीको अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।जनता समाजवादी पार्टी बर्दियाले राजापुरमा गरेको कार्यक्रमलाई सम्बोधन उहाँले विभिन्न परिवर्तन भएपनि जनताका पीडा अझैं पनि समधान हुन नसकेकोले आन्दोलन आवश्यक भएको बताउनुभयो ।

जनयुद्धकालमा बर्दियामा धेरैले सहादत प्राप्त गरेको भएपनि यहाँका थारुले आफ्नो पहिचान पाउन नसक्नु दुखद भएको उहाँको भनाई छ । फरक प्रसंगमा अध्यक्ष भट्टराईले टीकापुर घटना योजनावद्ध नभएको भन्दै रेसम चौधरी निर्दोष रहेको जिकीर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू