अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

नेपालमा थप ३ सय ८ जनामा कोरोना देखियो, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ६:५२ मा प्रकाशित

नेपालमा थप ३ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ८ हजार ९ सय ९ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय ४ पिसिआर परीक्षण गर्दा २ सय ८१ जना र १ हजार ८ सय ५ एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २० हजार २ सय ८५ र एन्टिजेन विधिबाट ९५ हजार ४ सय २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ९८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १ हजार ४ सय २० पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १६ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमित सङ्ख्या ७ हजार ३ सय ४९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू