अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ६:५० मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको छ । आज बसेको पूर्ण बैठकले मङ्सिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । यसअघि बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो ।

संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने (निसु) मिति तोकिएका मुद्दाको पनि अब गोलाप्रथाबाट पेसी तोकिने भएको छ ।
यसअघि निसु तोकिएका र हेर्दाहेर्दैमा रहेका मुद्दा एउटै न्यायाधीशको इजलासमा पर्ने गरेका थिए । आजको बैठकले निसु तोकिएका र हेर्दाहेर्दैमा रहेका मुद्दाको पनि पुनः गोलप्रथामार्फत् पेशी तोक्ने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू