अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

एमालेको दसौँ महाधिवेशन शुक्रबारदेखि शुरु हुँदै, अध्यक्ष ओली लगायत नेताहरू चितवनमा

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ६:५१ मा प्रकाशित

भोलि (शुक्रबार) देखि सुरु हुने नेकपा एमालेको दसौँ महाधिवेशनका लागि शीर्ष नेताहरू चितवन पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू चितवन पुगिसकेका छन् भने केही नेताहरू हिजै चितवन पुगिसकेका थिए । चितवन पुगेपछि अध्यक्ष ओलीले महाधिवेशनस्थलको निरीक्षण गर्नुभएको छ ।

नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहामा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन् । नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम बढेको छ । चितवनमा एमालेको महाधिवेशन हुने भएपछि त्यहाँको सुरक्षा अवस्था पनि कडा बनाइएको छ । एमाले दसौँ महाविधेशनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका महन्त ठाकुर लगायतका नेताहरू पनि सम्बोधनका लागि भोलि चितवन पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने हुनुभएको छ । उहाँको पूर्व निर्धारित कार्यक्रमका कारण उद्घाटन समारोहमा सहभागि नहुने प्रचण्डको सचिवालयले जनाएको छ । एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने महाधिवेशनमा उपस्थितिका लागि निमन्त्रणा गरेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू