अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

काँग्रेस उपसभापति निधिद्वारा पार्टी सभापति पदमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ६:५१ मा प्रकाशित

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आज काठमाडौंको थापागाउँस्थित एक ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी उहाँले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनको क्रममा उहाँले विगतको पृष्ठभूमि र नेतृत्त्वदायी अनुभवको चरणमा आफूले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा प्रस्तुत गरेको भन्दै परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उपसभापति निधिले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने र काँग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने निधिले बताउनुभयो । साथै संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने पनि बचनवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू