अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई बोलाएपछि चीन रुष्ट

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ७:५३ मा प्रकाशित

अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन रुष्ट बनेको छ । ताइवानलाई चीनले आफ्नै भूमी भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भड्काउन ताइवान मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयंले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।

डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन ।आफूले दाबी गरिरहेको ताइवानलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइटहाउसँग बेइजिङ थप भड्किएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीलाई निम्तो पठाएको छ । ताइवानलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् । चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ताइवानलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू