अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

चुनावपछि एमालेको अवस्था ‘विचरा’, ‘बिजोग’ र ‘बेहाल’ -माधव नेपाल

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ७:३३ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गर्नुभएको छ । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचरा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गर्नुभयो ।

अहिले सातमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री रहेको बताउदै अध्यक्ष नेपालले एमालेभन्दा एकीकृत समाजवादी कमजोर नरहेको जिकिर गर्नुभयो । एकीकृत समाजवादीको शक्ति देखेर केपी ओली आत्तिएर अन्टसन्ट बोलिरहेको उहाँको दाबी छ ।एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै उहाँले मधेसी जनतालाई विश्वासमा लिएर अगाडि बढिरहेको बताउनुभयो । एकीकृत समाजवादीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उहाँको दाबी छ ।

पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले प्रदेश २ को राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उहाँको भनाइ थियो । तर प्रदेशको नामका बारेमा भने आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू