अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३
| Colorodo: 12:08
राष्ट्रिय खेलकूद परिषद राखेपका पूर्व उपाध्यक्ष टेण्डी शेर्पाको निधन भएको छ । लामो समयदेखि नशा रोगबाट पीडित शेर्पाको ५० वर्षको उमेरमा निधन भएको हो ।
नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव समेत रहेका शेर्पा नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो। नशा च्यापिने रोगको उपचारका लागि उहाँ अमेरिका, भारत र चीन समेत जानुभएको थियो । तर रोग भने निको भएको थिएन । अनेरास्ववियुको राजनीतिबाट उदाएका शेर्पा खेलकूद क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।