अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

पार्टी सचिवमा उम्मेदवारी दिने योगेश भट्टराईको घोषणा

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ७:०९ मा प्रकाशित

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफ्नो उमेर अनुसार अझै १५ वर्ष नेकपा एमालेमै रहने सुविधा भएकाले सचिव भन्दा माथिको पदमा उम्मेदवारी नदिने उहाँको भनाई थियो ।

पार्टीमा आफूले भन्दा अझ बढी योगदान दिएका नेताहरु रहेको भन्दै भट्टराइले अहिलेनै धेरै माथि चढ्न नखोज्ने बताउनुभयो । बिहीबार अध्यक्ष केपी शर्मा ओली चितवन आउने र यस विषयमा थप छलफल गरी टुगो लगाउने उहाँको भनाइ थियो । भोलि केपी शर्मा ओली पनि चितवन आउने उहाँको भनाई छ ।

बागमती प्रदेश इन्चार्ज आनन्द पोखरेल सहित आफूले हालसम्म भएका तयारीवारे बुझ्ने र पाँच लाख जनता नारायणी नदी किनारमा मात्रै नअट्ने भएकाले गैँडाकोटतर्फको किनारलाई समेत प्रयोगमा ल्याइने बताउनुभयो ।

चितवनका प्रत्येक जनताको घरघर पार्टीको १० औँ महाधिवेशनको निमन्त्रण पुगिसकेको बताउँदै ५० हजारभन्दा बढी चितवनबाट मात्रै जनता सहभागी हुने र लुम्विनी, वागमती, गण्डकी लगायतका प्रदेशबाट पाँच लाख नेता कार्यकर्ता उतारिने उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू