अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६
| Colorodo: 23:51
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बुधवार दिउँसाे आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।