अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

प्रचण्डबाट जोगिन कांग्रेसलाई ओलीको आग्रह

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ६:५६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले गरेको साइबर सर्कल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले जहाँ प्रचण्ड त्यहाँ समस्या हुने भन्दै कांग्रेस सिध्याइदिने खतरा रहेको बताउनुभयो । काँग्रेसको नीति, विचार र संकल्प वृद्ध भइसकेको भन्दै उहाँले कांग्रेसले माधव नेपाल र प्रचण्डको हात समाएर देशमा विकास ल्याउन नसक्ने ठहर गर्नुभयो ।

परमादेशबाट पाँच दल सरकार पुग्दा सर्वोच्चमा समस्या आएको भन्दै उहाँले देशमा हैन, आन्दोलन अदालतमा समस्या चर्किएको जिकिर गर्नुभयो । आगामी दिनमा अन्य दलहरुसँग एकीकरणको औचित्य समाप्त भइसकेको र माधव नेपाल सँग गएकाहरुलाई बिउँझिएर पुन एमालेमा फर्किन आग्रह गर्नुभयो ।यस्तै राष्ट्रिय हितका पक्षमा उभिन तथा राष्ट्रिय एकताको भावना जोगाउन साइबर सर्कलले महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

एमाले नेता प्रदीप ज्ञवालीले सामाजिक सञ्जालको दुरुपयोग गरि एमालेका सपना समाप्त गर्न कतिपय लागेको बताउनुभयो । उहाँले एमालेको सपना जोगाउन साइबर सर्कल क्रियाशील हुने बताउनुभयो । युवा नेता महेश बस्नेतले १० औं महाधिवेशनले ओलीकै नेतृत्वमा हुने र आगामी चुनावबाट बहुमतका साथ सरकारमा उदय हुने दाबी गर्नुभयो । नेतृ निरु देवी पालले महाविधेशनबाट ओलीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्नुपर्ने भन्दै ओलीसँग प्रतिस्पर्धा नगर्न चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू