अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 06:05

कोभिड खोप मान्यताका लागि नेपाल–भारतको समझदारी

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ६:५१ मा प्रकाशित

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यससँगै नेपालमा कोरोनाको खोप लगाएकाहरूले भारतमा मान्यता पाउँछन् भने भारतमा खोप लगाएकाले पनि नेपालमा मान्यता पाउने भएका छन् । यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू