अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

नेपालमा ३३२ कोरोना संक्रमित थपिँदा २३२ संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ६:५० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ । बुधबार २३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू