अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

जर्मनमा कोरोना खोप अनिवार्य – कि खोप लगाएर निको होऊ, नत्र मर भन्दै सरकारले दियो चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०६ मा प्रकाशित

कोराना संक्रमण नियन्त्रणका लागि युरोपभर लकडाउनको लहल चलेको बेला जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ ।जर्मन सरकारले कि खोप लगाएर निको होऊ नत्र मर भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने संकेत गरेको हो ।

जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले यो हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई कि खोप लगाएर सुरक्षित बनाइने वा मृत्युका लागि छाडिदिने बताएका छन् ।जर्मनीका कतिपय क्षेत्रमा तीव्र संक्रमण दरका कारण लकडाउन गर्नु परेको र अस्पतालहरु विरामीले भरिभराउ हुन थालेको सन्दर्भमा स्वास्थ्यमन्त्री स्पानले यस्तो चेतावनी दिएका हुन ।

सत्ताबाट बाहिरिंदै गरेकी चान्सलर एंगेला मर्केलले पनि कारोना नियन्त्रणका लागि सरकारले चालेका नियन्त्रणकारी कदमहरु पर्याप्त नभएको भन्दै संक्रमणको गति नाटकीय रुपमा बढेकाले कठोर कमद जरुरी देखिएको बताएका छन् । जर्मनीमा हरेक हप्ता संक्रमित दर दोब्बरले बढिरहेको छ । हिजो सोमबार मात्रै ३० हजार बढी संक्रमित फेला परेका छन् भने ६२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू