अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

विदेशमा रहेका नेपालीले ई– पासपोर्टका लागि निवेदन दिन दुई महिना कुर्न पर्ने

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०५ मा प्रकाशित

विदेशमा रहेका नेपालीले विद्युतीय राहदानी(ई–पासपोर्ट) लागि निवेदन दिन अझैँ दुई महिना कुर्न पर्ने भएको छ । अहिले काठमाण्डौमा रहेको राहदानी विभागबाट जारी भइरहेको ई–पासपोर्टको लागि विदेशमा रहेका नेपालीले नेपाली नियोगबाट झण्डै दुई महिनापछि मात्र निवेदन दिन सक्ने राहदानी विभागले जनाएको छ ।

३४ पृष्ठको विद्युतीय साधारण राहदानीको लागि अहिले राहदानी विभागमा मात्र निवेदन दिन सकिन्छ । केही हप्तापछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट निवेदन दिन सकिन्छ ।

१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हो । तर विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । राष्ट्रिय परिचयपत्र बनाउन जुनसुकै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिन सकिन्छ । कार्ड बनेर आउन केही समय लागे पनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिन्छ । नम्बरका आधारमा राहदानी बनाउन सकिने विभागले जनाएको छ ।

अहिले राहदानी विभागले वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला गरेको छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फारम भ¥यो उसैको पालो छिटो आउँछ । यो पासपोर्ट लिन सोर्सफोर्स भनसुन केही पनि नचल्ने विभागले जनाएको छ । विद्युतीय राहदानीको लागि बुकिङको समय लिन नसकेमा र तत्काल विदेश जान परेमा कारण र प्रमाण सहित आउनेलाई विभागले एमआरपी पासपोर्ट पनि जारी गर्नेछ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू