अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

अस्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०३ मा प्रकाशित

अस्ट्रेलियाले आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरि देश प्रवेश गर्न अनुमति दिने जनाएको छ ।यस्ता योग्य राहदानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहदानी बोकेकाहरु रहेका बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरि अस्ट्रेलिया आउन सक्नेछन् । यी व्यवस्थाहरु अन्तर्गत मोरिसनले यात्रुहरूले अस्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ ।

’अस्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फिर्ताले हाम्रो आर्थिक पुनरुत्थानलाई अझ बलियो बनाउने छ, हाम्रो अर्थतन्त्रलाई आवश्यक पर्ने मूल्यवान कामदारहरू प्रदान गर्ने र हाम्रो महत्त्वपूर्ण शिक्षा क्षेत्रलाई समर्थन गर्ने छ’ मोरिसनले भन्नुभयो ।

गएको वर्ष मार्च २० मा, अस्ट्रेलियाले कोरोना भाइरस महामारीको बढ्दो सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको थियो । अस्ट्रेलियाले १८ महिनासम्म अनुमतिविना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू