अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

रसियामा कोरोना सङ्क्रमण बढ्दै

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ६:५५ मा प्रकाशित

रसियामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण कम हुन सकेको छैन । रसियामा कोरोना भाइरस बिरुद्धको खोप लगाउने अभियान सुरुबाटै चलेको भएपनि त्यहाँ कोरोना सङ्क्रमण फैलिने दरमा कमि आउन सकेको छैन । रसियामा दैनिक जसो १ हजार भन्दा बढि कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

आज पनि कोरोनाका कारण १ हजार २ सय ४३ जनाको मृत्यु भएको कोरोना सम्बन्धि अद्यावधिक गर्दै आएको वल्डमिटरर्सले जनाएको छ । यसैगरि आज रसियामा ३३ हजार ९ सय नयाँ सङ्क्रमित भेटिएका छन् । रसिया बेलायत सहित केही देशमा फेरि कोरोना सङ्क्रमण बढेपछि चिन्ताको बिषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू