अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

शेयर बजार ३२ अङ्कभन्दा धेरैले घट्यो, चार अर्ब १६ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ६:५४ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ । नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ३३ दशमलव १४ विन्दुमा झरेको छ ।आज अन्यबाहेक सबै समूहको शेयर घट्दा होटल, विकास बैंक, उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४८ हजार कित्ता शेयर चार अर्ब १६ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ४१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज आईसीएफसी फाइनान्स, नारायणी विकास बैंक र एनआईबीएल प्रगति फन्डको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू