अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

कोरोनाका कारण थप ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ६:५३ मा प्रकाशित

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ । आज देशभर कोरोना भाइरस कोभिड १९ का कारण ९ जनाको मृत्यु भएको छ । यस्तै आज देशभर ३५१ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको कोभिड परीक्षण गरिएको थियो ।

पीसीआरबाट ३१३ र एन्टीजेन्ट विधिबाट परीक्षण गदौ ३८ जनामा कोभिड पुष्टि भएको छ । २४ घण्टामा २ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८९० जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसैगरी हालसम्म ११ हजार ५ सय ९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

देशभर सक्रिय सङ्क्रमित ७ हजार ३ सय जना रहेका छन् । यस्तै आईसीयूमा २२३ र भेन्टीलेटरमा ५१ जना उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू