अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

सत्ता गठबन्धन राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएर अगाडी बढ्ने अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ६:५२ मा प्रकाशित

सत्ता पक्षिय दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएर अगाडी बढ्ने तयारी गरेका गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने बताउनुभएको छ ।

आज धनुषाको जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताउनुभएको हो ।

चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने नेता नेपालको सुझाब रहेको थियो । न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू