अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

पार्टीमा गुटगत गतिविधिहरु स्वीकार गर्न सकिदैन– एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ६:४९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत गतिविधिहरु स्वीकार गर्न नसकिने बताउनुभएको छ । १० औं महाधिवेशनको पूर्वसन्ध्यामा आज सम्पादकहरुसँग अन्तरक्रियामा गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा कुनै पनि नेताहरुको व्यवस्थापन पूर्व र पश्चिम पक्षको भनेर नगरिने बताउनुभयो । १० औं महाधिवेशनले एमालेभित्र गुटगत गतिविधिहरुको अन्त्य गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले नेताहरुले आफ्नो व्यवस्थापन आफैले भोट लिएर चुनाव जितेर गर्नुपर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बरु आफ्नो सम्मान गरेको पनि बताउनुभयो । उहाँले नेता रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताउनुभयो । यस्तै अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ चुनौती पनि दिनुभएको छ ।

चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिनुभएको हो । एमालेले चितवनको नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन गर्दै छ भने सौराहमा बन्दसत्र गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू