अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

सीताको जन्मस्थलमा जातीय भेदभाव र महिला उत्पीडन हुनु दुःखद्– राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ७:०४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकनन्दिनी सीताको जन्मस्थलमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय भएको बताउनुभएको छ ।महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभयो । प्राचीन ऋषिहरूको ज्ञान, विवेचना र मीमांसाको थलोमा अझै पनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सीप्रथाजस्ता विकृति विसंगति हुनु दुःखको विषय रहेको उहाँको भनाइ थियो ।

इतिहासबाट प्रेरणा लिँदै वर्तमानको विकृति विसंगति हटाउन आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरूले पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख मोहम्मद लालबाबु राउतले संघीय सरकारको असहयोगले प्रदेश सरकारले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको भन्दै मानव सूचकाङ्कमा कर्णालीभन्दा पनि पछि परेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू