अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

प्रधानसेनापति राष्ट्रिय लन टेनिस हुँदै

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:५६ मा प्रकाशित

पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ ।नेपाली सेनाले सोमबार पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लवको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् ।प्रतियोगिताका सम्पूर्ण खेलहरू कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेलाइने नेपाली सेनाले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीले कोरोनाको खोप लगाएको हुनुपर्नेछ ।

खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यस्तै भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारीतर्फको विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता यही मंसिर २७ देखि पुस ५ गतेसम्म हुनेछ ।

प्रतिक्रिया