अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलिरहेको छ – अर्थमन्त्री जनार्दन शर्मा

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:५१ मा प्रकाशित

अर्थमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रिय राजनीति पुष्पकमल दाहाल ’प्रचण्ड’कै दृष्टिकोणमा चलेको बताउनुभएको छ । आज भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको ’समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा बोल्दै उहाँले समाजवादको विकास प्रचण्डले नै गर्ने दाबी गर्नुभयो ।

“गाली गर्दा पनि आलोचना गर्दा पनि आँखिर राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलिरहेको छ,“ शर्माले भन्नुभयो । नेतृत्व निर्माणको थलो चितवन भएको भन्दै उहाँले प्रचण्डजस्तो नेतृत्व जन्माउनमा चितवनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । भरतपुर विमानस्थल विस्तार, नारायणी तटबन्द लगायतका अन्य आयोजनालाई पूर्णता दिइने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू