अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल पराजित

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:४३ मा प्रकाशित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल पराजित भएको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्योे । यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन बनायो ।

अब नेपालले दोस्रो खेल भुटानविरुद्ध भोलि खेल्नेछ । त्यसैगरी तेस्रो खेल बिहिबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू