अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

सरकार प्रजातन्त्रको बाटोमा हिँड्न प्रतिवद्ध रहेको सुडानका नवनियुक्त प्रधानमन्त्रीको भनाइ

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:४२ मा प्रकाशित

सुडानका नवनियुक्त प्रधानमन्त्री अब्दुल्ला हाम्डोकले सरकार प्रजातन्त्रको बाटोमा हिँड्न प्रतिवद्ध रहेको बताउनुभएको छ । सैनिक विद्रोहको झण्डै एक महिनापछि अलजजिरासँग कुराकानी गर्दै प्रधानमन्त्री हाम्डोकले देशलाई प्रजातन्त्रको बाटोमा लैजाने बाचा गर्नुभएको हो । उहाँले सुडानको सरकार स्वतन्त्र रहने बताउँदै नागरिकलाई कुनै पनि किसिमको अफ्ठेरो पार्ने काम नगर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

हाल गठित मन्त्रिपरिषद्ले लोकतन्त्रको सङ्क्रमण र यससँग सम्बन्धित दायित्व पूरा गर्न संवैधानिक सम्मेलन गर्ने तथा आउँदो जुन २०२३ मा निर्वाचन गराउने पनि प्रधानमन्त्री हाम्डोकले बताउनुभएको छ । सुडानमा सैनिकले शासन सत्ता हातमा लिएपछि केही समय आन्दोलन पनि भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू