अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

अमेरिकामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४० जना घाइते

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:४१ मा प्रकाशित

अमेरिकाको विस्कन्सिन राज्यमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४० भन्दा बढी घाइते भएका छन् । परेड भइरहेको स्वानमा एउटा कार आएर जोतिएको बीबीसीले जनाएको छ ।प्रत्यक्षदर्शीले भने बालबालिकासहित एक दर्जनको संख्यामा मानिसको मृत्यु भएको दावी गरे पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दुर्घटना भएलगत्तै भागेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।स्थानीय एक समुदायले हरेक वर्ष आयोजना गर्ने सांगीतिक कार्यक्रममा देखाइएको परेडमा सो दुर्घटना भएको हो । कार्यक्रममा करिब ७२ हजार मासिन भेला भएको सरकारी अनुमान छ ।

द्रुत गतिमा आएको कार रोक्न खोक्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ । घटना लगत्तै घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्याईएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू