अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

प्रधानन्यायाधीश चोलेन्द्रले पैसा लिएर गरेको फैसलाको सूचना उपलब्ध गराउन बारको आग्रह

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:३८ मा प्रकाशित

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।सर्वोच्च अदालत परिसरमा बारको जारी धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन सेवाग्राहीलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेश गरिने बताउनुभयो । उहाँले न्यायालयमा विकृति र बिसंगति भइरहेको भन्दै कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत दलहरू मौन रहनु आश्चर्य भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले धनाढ्यहरूको मुद्दामा मात्रै काम गरिरहेको दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू