अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४
| Colorodo: 11:49
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले नेपाल बार एसोसिएनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । आन्दोलनरत बारका प्रतिनिधिहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले तीनवटै अङ्गको गरिमा कायम हुनुपर्ने धारणा राख्नुभयो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बारले तीन साताभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेको लगायत बारको आरोप छ ।
ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्ने बताउनुभएको छ । जारी बहसबाट निकै राम्रो निष्कर्ष निस्किने र सहज र स्वभमिविक निष्कर्ष निकाल्न सबै पक्ष गम्भीर हुनु पर्ने धारणा राख्नुभयो ।