अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

एमाले स्थायी कमिटी बैठक स्थगित

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:३५ मा प्रकाशित

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमालेले महाधिवेशनको तयारी लगाएतका विषयमा छलफल गर्न आज ३ बजे स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, शिर्ष नेताहरू महाधिवेशन केन्द्रीत भएर समुह, समुहमा छलफल तथा भेटघाटमा लागेपछि आजको बैठक भोलिका लागि सारिएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजे सममको लागि स्थगित गरिएको बताउनुभयो । आउँदो १० गतेबाट सुरु हुने एमालेको दशौं महाधिवेशनको लागि नेताहरू नेतृत्त्वको छलफलमा जुटेका छन् ।

अध्यक्षमा, उपाध्यक्ष भिम रावलले हिजै उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । अरु नेताहरू भने अध्यक्षमा दाबी गर्ने पक्षमा देखिएका छैनन् । तर, अध्यक्ष बाहेकका पदमा भने नेताहरू लबिङ् चलिरहेको छ । पार्टी कार्यालय भित्र तथा बाहिर नेताहरू नेतृत्वको दाबी र उम्मेद्वारीका बारेमा छलफलमा व्यस्त भएकाले आजको बैठक बस्न नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू