अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

माओवादी नेता नारायणकाजी श्रेष्ठ र नेकपा नेता विप्लवबीच पार्टी एकताबारे छलफल

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:४१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार विहान उहाँकै निवास पुग्नुभएको थियो । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेट्नुभएको हो ।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढ्नुभएको छ ।

भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू