अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

म्यान्युका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:३१ मा प्रकाशित

म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त भएका छन् । क्लबको बोर्ड बैठकले सोल्सायलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि आकस्मिकरुपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

सोल्सारको आगमनयता म्यानचेस्टरको प्रदर्शनमा केही सुधार आए पनि क्लबले कुनै उपाधि जित्न सकेको छैन् । नयाँ मुख्य प्रशिक्षक नियुक्त नहुन्जेल क्लबको प्रथम टिम प्रशिक्षक माइकल क्यारिक तथा टिमका टेक्निकल निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू