अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

नेदरल्याण्ड्समा कोरोना मापदण्डप्रति सर्वसाधारण ओक्रोशित

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:२९ मा प्रकाशित

नेदरल्याण्ड्समा कोरोना संक्रमण नियन्यत्रणका लागि सरकारले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेपछि आक्रोशित बनेका सर्वसाधारण र प्रहरीबीच झडप भएको छ ।झडपले उग्र रुप लिंदा राजधानी आम्स्टरडमलगायतका शहरमा दंगा भड्किएको छ । प्रहरीले प्रदर्शनकारीहरुमाथि चेतावनीस्वरुप हवाई फायर गरेपछि सर्वसाधारण झन उग्र बनेका छन् । उनीहरुले मध्य रातमा ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।

त्यस क्रममा आधा दर्जन प्रहरी घाइते भएको र दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । शक्रुबार राती पनि ठाउँ ठाउँमा प्रदर्शन भएकोमा प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौंलाई नियन्त्रणमा लिएको थियो ।

नेदरल्याण्डले कोरोना संक्रमण तीब्र बनेपछि आंशिक लकडाउनको नीति अवलम्बन गरेको छ । खोप नलगाएकाहरुलाई घरमै सीमित गर्ने सरकारी नीतिको विरोधमा शान्तिपूर्ण प्रदर्शन हुदै आएकोमा शनिबार अपरान्हदेखि विरोध आक्रोशमा परिणत भएको हो ।

प्रहरीले जथाभावी पक्राउ गर्ने, पसलेहरुलाई दुब्र्यवहार गर्ने र बाटो हिंड्नेहरुलाई मनपरी चेकजाँच गर्ने गरेपछि सर्वसाधारण आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू