अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

ए डिभिजन लिगमा ब्रिगेडको विजयी सुरुवात, एपीएफ ३–२ ले पराजित

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:२८ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा ब्रिगेडले, सशस्त्र प्रहरीको एपीएफ टिमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

ब्रिगेडको जितमा दिनेश राईले र सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशिष लामा र बिकी तामाङले एक–एक गोल गर्नुभयो । जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू