अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

कोरोना नियन्त्रणमा चुके यूरोपमा मार्चसम्म ५ लाख जनाको मृत्यु हुनसक्ने डब्लूएचओको चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:२२ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले युरोपमा देखापरिरहेको कोरोना भाइरसकोे नयाँ लहर नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ । डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुगेले कोरोना नियन्त्रणका लागि तत्काल कदम नचाले आउँदो मार्च महिनासम्म युरोपमा ५ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिनुभयो ।

उहाँले हिउँद लाग्न थाल्नु, खोप पर्याप्त ठाउँमा नपुग्नु, सङ्क्रमण बढ्नु र डेल्टा भेरिअन्ट बढी सङ्क्रामक भएका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिनुभएको हो । केही महिनायता यूरोपका धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । सङ्क्रमण बढ्न थालेसँगै धेरै देशहरूले प्रतिबन्ध लगाउन थालेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू