अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको बैठक स्थगित

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:२२ मा प्रकाशित

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । आइतबार सिंहदरवारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आगामी मंसिर १७ गते बस्नेगरी स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

उहाँले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पार्नुभयो ।गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद् बैठकले भारतका लागि नेपाली राजदुतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

प्रस्तावित तीन वटै देशका राजदूतहरुको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो । संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनु परेको पनि समितिका सभापति कर्णले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू