अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

काँग्रेसको पदाधिकारी सकेसम्म सर्वसम्मत चयन गर्न प्रधानमन्त्री देउवाको आग्रह

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:१८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको पदाधिकारी सकेसम्म सर्वसम्मत रुपमा चयन गर्न आग्रह गर्नुभएको छ । आज सुनसरीमा आयोजित एक कार्यक्रममा उहाँले पार्र्टीको १४औँ महाधिवेशनका लागि पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मत रूपमा चयन गर्न आग्रह गर्नुभयो ।

सर्वसम्मत चयन हुन नसके स्वच्छ प्रतिष्पर्धाबाट चयन गर्न उहाँले अनुरोध पनि गर्नुभयो । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउँदो निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई सचेत पनि गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू