अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

द्वन्द्वकालिन घटनामा आममाफी दिने कुरामा सहमत हुन सकिदैन – ओली

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:१७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालिन घटनामा आममाफी दिन नसक्ने बताउनुभएको छ । विस्तृत शान्ति शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताउनुभएको हो ।

नेपालको शान्ति प्रक्रिया घरेलु प्रयासद्वारा मौलिक रुपमा अघि बढेको यथार्थलाई आत्मसाथ गर्दै संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । ओलीले आफू सरकारमा रहँदा द्वन्दवबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न तयार भएको तर राजनीतिक पक्षहरुको अनिच्छा र परस्पर विरोधी अडानका कारण चाहेर पनि सम्बोधन गर्न नसककेको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू