अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:११ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौमा आज आइतवार पत्रकार सम्मेलन गरेर रावलले चितवनमा यही १० गतेदेखि हुने दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

आफूले पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट उम्मेदवारी दिने योजना बनाए पनि महासचिव ईश्वर पोखरेलले महाधिवेशनको कामका लागि त्यहाँ कुनै कक्ष खाली नरहेको जानकारी गराएपछि आफूले रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको रावलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू