अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४
| Colorodo: 07:59
नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा भएको अवसरमा विज्ञप्ती जारी गर्दै हालसम्म भएका कमिकमजोरीहरूको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको र बाँकी काम सम्पन्न गर्न एकताबद्ध रहेको समेत दहालको भनाई छ । सहिद तथा वेपत्ता परिवार, घाईते, विस्थापित लगायतका पीडितहरूसँगको परामर्शमा अन्तराष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुङ्गोमा पुर्याउन र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध रहेको प्रचण्डले बताउनुभएको छ ।