अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

अनेसास मखमली-कमल महिला गीत-सङ्गीत पुरस्कार-२०७८ तथा अनेसास नवरत्न पुरस्कार- २०७७ वितरण समारोह सम्पन्न

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ११:३८ मा प्रकाशित

अन्तर्राष्ट्र्यि नेपाली साहित्य समाजद्वारा “मखमली-कमल महिला गीत-सङ्गीत पुरस्कार २०७८” एवम् ‘नवरत्न पुरस्कार – २०७७” समर्पण अनेसास नेपाल च्याप्टरको आयोजनामा आज मिति २०७८/८/३ गते “मखमली-कमल महिला गीत-सङ्गीत पुरस्कार २०७८” र “नवरत्न पुरस्कार २०७८” समर्पण कार्यक्रम सम्पन्न भयो। शताब्दी पुरुष सत्यमोहन जोशी निवास ललितपुरमा गरिएको उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहारीको अध्यक्षता, शताब्दी पुरुष सत्यमोहन जोशी प्रमुख अतिथि, बिओटी अध्यक्ष गीता खत्री एवम् सल्लाहकार प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल विशिष्ट अतिथि साथै अतिथिका रूपमा समाजसेवी मखमली खड्का, कमलबहादुर खड्का, विमला राई, अनेसास केन्द्रीय सचिव विमला निरौला, अनेसास पुरस्कार समिति सदस्य दिपा राई पुन, अनेसास केन्द्रीय सदस्य डा. रेणुका सोलु, अनेसास केन्द्रीय सदस्य माया गुरुङ, समाजसेवी विजय गुरुङ, अनेसास नवरत्न पुरस्कार छनौट समितिका संयोजक तथा समालोचक लीला लुइटेल, लगायत नेपाल च्याप्टरका पदाधिकारी एवम् सदस्यतासाथै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, पत्रकार जगतको गरिमामय उपस्थिति रहेको थियो ।

यो भव्य अनि सभ्य कार्यक्रममा नगद रु.२५,०००/- र ताम्र-पत्र सहित मखमली-कमल महिला गीत-सङ्गीत पुरस्कार २०७८ सङ्गीतकार शकुन्तला प्रधानलाई समर्पण गरिएको थियो । कार्यक्रममा अनेसासले शताब्दी पुरुष सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान गर्नुका साथै ताम्र-प्रत्र सहित सम्मान समर्पण गरेको छ । त्यसै गरी अनेसासले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । अलि अगाडि नै यो कार्यक्रम जुम प्रविधि मार्फत आयोजना गरिएको थियो । हाल अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्री लगायत अनेसास केन्द्रका पदाधिकारी समेत नेपाल आउनु भएको अवसर हुँदा नेपालमा रहनु भएका अनेसास नवरत्न पुरस्कारबाट पुरस्कृत एव सम्मानित हुनुभएका व्यक्तित्वहरूलाई प्रत्यक्ष रूपमा सम्मान समर्पण गरिएको हो । समितिले साहित्य तर्फ गङ्गा लिगल, शारदा पौडेल ‘निशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसै गरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, पुरस्कार छनोट समितिका संयोजक लीला लुइटेल तथा पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरूले आ-आफ्नो मन्तव्य मन्तव्य राख्नुभएको थियो ।

मखमली-कमल पुरस्कारको प्रायोजन बि.ओ.टी अध्यक्ष गीता खत्रीले गर्नु भएको छ भने नवरत्न पुरस्कार प्रायोजनमा कोलोराडो निवासी साहित्यकार पदम विश्वकर्मा, क्यालिफोर्निया निवासी साहित्यकार राम लामा अविनाशी, न्युयोर्क निवासी साहित्यकार ज्योति पौडेल, न्युयोर्क निवासी साहित्यकार जानुका ढकाल, न्युयोर्क निवासी समाजसेवी, साहित्यलाई माया गर्ने ज्योति राई, न्युयोर्क निवासी साहित्यकार पद्मा लिखा मगर, न्युजर्सी निवासी महिला अधिकार कर्मी रेणु शर्मा, बोष्टन निवासी साहित्यकार दिपा राई पुन र भर्जिनिया निवासी साहित्यकार विमला निरौलाको सहयोग रहेको थियो । नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे रहेको यो पुरस्कार सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको परिकल्पना साथै पहलमा स्थापना भएको थियो । प्रत्येक दुई वर्षमा दिइने यो पुरस्कारको राशि नगद दुई सय अमेरिकी डलर र सम्मान-पत्र रहेको छ । यो गरिमामय कार्यक्रममा अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठकले शब्द गुच्छाद्वारा स्वागत राख्नु भएको थियो भने कार्यक्रम सञ्चालनको भूमिकामा अनेसासका केन्द्रीय सदस्य डा.रेणुका सोलु रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू