अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

एमालेको असन्तुष्ट पक्षद्वारा धनुषामा प्रदर्शन, महासेठले धाँधली गरेको आरोप

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ७:०८ मा प्रकाशित

मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै एमालेको असन्तुष्ट पक्षले धनुषामा प्रदर्शन गरेका छन् ।एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् ।

धनुषा जिल्लामा स्थायी समिति सदस्य महासेठले गुटबन्दी गरेकाले उहाँको विरुद्धमा बाध्यतावश उत्रिनु परेको एमाले प्रदेश २ का प्रमुख सचेतक किशोरी साहले बताउनुभयो । महासेठले आफ्ना आसेपासे तथा नातागोतालाई मात्र प्रतिनिधि छनोट गरेका असन्तुष्ट पक्षको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू