अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

कोरोना संक्रमण दर बढेसँगै अष्ट्रियामा फेरि लकडाउन

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ७:०७ मा प्रकाशित

अष्ट्रियामा पुन लकडाउनको घोषणा गरिएको छ । कोरोना भ्याक्सिन नलगाएकाहरुप्रति कडाइ गरेको केही दिनमै अष्ट्रियामा पुनः लकडाउनको घोषणा गरिएको बीबीसीले जनाएको छ ।कम्तिमा २० दिनसम्म जारी रहने लकडाउनको अवस्था हेरेर त्यसपछिको निर्णय लिइने त्यहाँको सरकारले जनाएको छ । कतिपय युरोपेली मुुलुकहरुमा कोरोना महामारीका घटनाहरु बढ्न थालेसँगै ती देशहरुमा सीमा नाकामा कडाइ गरिएको छ ।

यस्तै अष्ट्रियामा पनि खोप लगाउनका लागि सर्वसाधारणलाई सरकारले गरेको अपीलको उपेक्षा भएसँगै लकडाउन गर्नुपरेको बताइएको छ । कोरोना भ्याक्सिनका बारेमा नकारात्मक समाचार सार्वजनिक भएसँगै त्यहाँका सर्वसाधारणले खोप लगाउन चासो नदेखाएको बताइएको छ ।

पछिल्ला केही सातामा अष्ट्रियामा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको पाइएको छ । स्वास्थ्य मन्त्री वोल्फागांग मक्सस्टेनले लकडाउनको विकल्प नभएको बताउनुभएको छ । सीमा नाकाहरुमा कडाइ गर्नुका साथै सर्वसाधारणलाई हिडडुलमा पनि कडाइ गरिएको छ । सार्वजनिक स्थल, क्लब, डिस्को र पबहरु सञ्चालनमा पनि रोक लगाइएको समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू