अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

ताइवानले सर्वाजनिक गर्यो नयाँ लडाकु विमान

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ७:०५ मा प्रकाशित

ताइवानले आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा अपग्रेड गरिएका एफ–१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा २ दर्जनभन्दा बढी एफ–१६ भी सहभागी भएको जनाइएको छ ।

सन १९९० को दशकमा अमेरिकासँग खरिद गरिएका पुराना एफ–१६ लडाकु विमानलाई अपग्रेड गरेर ताइवानले भाइपर विमान बनाइएको हो । ताइवानको न्यूज एजेन्सी (सीएनए) का अनुसार अपग्रेड गरिएका विमानमा अत्याधुनिक राडार सिस्टम र नयाँ ‘मिशन कम्प्युटर’ जडान गरिएको छ ।

सन् २०२३ सम्ममा १४१ वटा एफ–१६ विमानलाई अत्याधुनिक प्रविधिसहित अपग्रेड गरिने समाचारमा उल्लेख गरिएको छ । यसबाहेक, ताइवानले अमेरिकी निर्माता कम्पनी लकहिड मार्टिनबाट ६६ वटा नयाँ एफ–१६ भाइपर लडाकु विमान खरिद गर्दैछ ।

२०२३ सम्ममा ती विमान ताइवानमा आउने सिएनएले जनाएको छ । पछिल्लो समय ताइवानले चीनबाट बढ्दै गएको खतराबीच आफ्नो सैन्य शक्ति सुदृढ तथा विस्तार गर्न थालेको छ । यसै अक्टोबरमा बेइजिङले ताइवान नजिकै १५० वटा लडाकु विमान पठाएको थियो । लगत्तै ताइपेइले चिनियाँ विमानको निगरानी गर्न आफ्नो हवाइ प्रतिरक्षा प्रणाली सक्रिय पार्दै चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू