अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

भारतको आन्ध« प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ६:५८ मा प्रकाशित

भारतको आन्ध« प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले आज बिहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् ।

बाढीले विषेश गरेर आन्ध« प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् । खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएको उद्धारकर्ताको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू