अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

अफगानिस्तानमा ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा, सहयोग गर्न राष्ट्रसंघको आह्वान

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:४२ मा प्रकाशित

अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानका दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गर्नुभएको हो ।

अफगानिस्तानको चार करोड जनसंख्या मध्ये ६० प्रतिशत भोकमरीको चपेटामा परेको राष्ट्रसंघको भनाइ छ । जाडो याम शुरु भएसँगै अफगानिस्तानको अवस्था डरलाग्दो देखिएको बताइएको छ ।

अफगानिस्तानमा चरम खाद्यन्न अभावकै कारण मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन् भने केही अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत छोडेका छन् । राष्ट्रसंघीय दूत लायोन्सले अफगानिस्तानलाई अहिलेको संकटको समयमा सहयोग नगरे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी पनि दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू